उपप्राध्यापक नियुक्तिका विषयमा ‘नोट अफ डिसेन्ट’


३० कार्तिक २०७७, आईतवार
resunga multiple campus

गुल्मी, ३० कार्तिक । गुल्मीको रेसुङ्गा नगरपालिका तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा उपप्राध्यापक नियुक्तिका विषयमा विवाद देखिएको छ ।

क्याम्पसमा बेतलबी बिदामा रहेका उपप्रध्यापक कुञ्जरमणि गौतमलाई नियुक्त गर्ने विषयमा सञ्चालक समितिका पदाधिकारीबीच विवाद देखिएको हो ।

पुनः नियुक्ति दिने विषयमा प्रजातन्त्रवादी पदाधिकारीले निर्णय गरेपछि वापन्थी पदाधिकारीले भने ‘नोट अफ डिसेन्ट’ लेखेको नेकपा रेसुङ्गा नगर कमिटी सचिव समेत रहेका क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष धर्म विकले जानकारी दिए । क्याम्पसमा कूल १० जना सञ्चालक समितिमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७