कांग्रेस महासमिति सदस्य लक्ष्यबहादुर न्यौपानेको निधन


३० कार्तिक २०७७, आईतवार
316c3d1d1b9fdd4d617f1ac18ee9a82d w1000 h500 cp

काठमाडौं, ३० कार्तिक । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं महासमिति सदस्य लक्ष्यबहादुर न्यौपानेको निधनप्रति दुःख व्यक्त गरेका छन् । काङ्ग्रेसको जिल्ला कार्यसमिति कैलालीका पूर्व सचिव समेत रहेका न्यौपानेको गए राति उपचारका क्रममा निधन भएको हो ।

सभापति देउवाले एक शोक वक्तव्यमार्फत स्व न्यौपानेले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुर्‍याएको सक्रिय योगदानको स्मरण गर्दै उनीमा श्रद्धाञ्जली अर्पण र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । न्यौपाने क्यान्सर रोगबाट पीडित थिए ।

उनी काङ्ग्रेसका केन्द्रीय सदस्य एवं महिला विभाग प्रमुख ईश्वरी न्यौपानेका श्रीमान् हुन् । न्यौपानेले पार्टी सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । काङ्ग्रेसले उनको निधनबाट एक निष्ठावान् राजनीतिज्ञलाई गुमाएको उल्लेख गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७