चुनाव चिन्ह ‘गाई’ गुमाउनु पर्दाकाे पीडा फेरि एक पटक बोध भयो : कमल थापा


३० कार्तिक २०७७, आईतवार
kamal thapa

काठमाडौं, ३० कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आज गाई तिहारका दिन चुनाव चिन्ह ‘गाई’ गुमाउनु पर्दाको पीडा फेरि एक पटक बोध भएको गुनासो गरेका छन् ।

शुक्रबार गाई तिहारको दिन फेसबुकमा गाई पूजा गरेको तस्वीर सार्वजनिक गर्दै थापाले राप्रपाको सर्वाधिक लोकप्रिय र उपयुक्त चुनाव चिन्ह गाई नै भएको जिकिर गरेका छन् ।

k

उनले लेखेका छन् , ‘हिन्दु राष्ट्रको एजेण्डा बोकेको पार्टीका लागि गाई चिन्ह नै ठीक हुन्छ भनेर पार्टीका अरु अध्यक्षहरु पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीलाई सहमत गराउन नसक्नु मेरै कमजोरी हो ।’

राप्रपा एकीकरणपछि हाल चुनाव चिन्ह हलो राख्ने सहमति भएको छ । हलो चुनाव चिन्ह्मा सहमति जनाएका थापाले गाई तिहारको दिन गाई चिन्ह गुमाउनु पर्दा भावविह्वल भएको उल्लेख गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७