‘कोरोना महामारी अर्को वर्षको हिउँदबाट सामान्य बन्छ’


१ मंसिर २०७७, सोमबार
korona khop

बर्लिन, १ मंसिर । कोरोना खोप विकास गरिरहेका एक विज्ञले महामारीका कारण अस्तव्यस्त बनेको दिनचर्या अर्को हिउँदसम्ममा सामान्यमा फर्किने बताएका छन् ।

बायोटेकका संस्थापक प्राध्यापक उगुर सहिनले आउँदो गर्मीयामसम्म खोपको महत्वपूर्ण विकास भई हिउँदसम्ममा जनजीवन सामान्य हुने बताएका हुन् ।

prof ugur sahin 20201115233919
बायोटेकका संस्थापक प्राध्यापक उगुर सहिन

जर्मन औषधि उपत्पादक कम्पनी बायोटेक र फाइजरले विकास गरिरहेको कोरोना खोपको प्रारम्भिक परीक्षण नतिजाअनुसार ९० प्रतिशत कोभिड–१९ बाट बचाउने उद्घोष गत साता गरेका थिए । बीबीसीका अनुसार खोपको अन्तिम चरणको परीक्षणमा करिब ४३ हजारले सहभागिता जनाएका थिए ।

यसैगरी प्राध्यापक सहिनले सो खोप लगाएका मानिसबाट कोरोना नसर्ने र लक्षणहरू समे देखा नपर्ने विश्वास व्यक्त गरेका छन् ।

‘यस्तो प्रभावकारी खोपले संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्नेमा म निश्चिन्त छु’, उनले भने, ‘सायद ९० प्रतिशत नहालो ५० प्रतिशत चाहिँ नसर्नेमा ढुक्क छु । तर यसले महामारीको फैलावटलाई नाटकीय ढंगमा घटाउने कुरा चाहिँ बिर्सन हुँदैन ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७