अर्मेनिया–अजरबैजान युद्ध विराम : विवादास्पद क्षेत्र हस्तान्तरण थालियो


१ मंसिर २०७७, सोमबार
115334245 hi064275982 1

काठमाडौं, १ मंसिर । अर्मेनियाले विवादास्पद क्षेत्रको स्वामित्व अजरबैजानलाई हस्तान्तरण गर्न शुरु गरेको छ ।

करिब ६ साता लामो विवादपछि शान्ति सम्झौता गर्दै स्वामित्व विवाद अन्त्य गर्न दुवै पक्ष सहमत भएका हुन् । अजरबैजानको कालाबाजार जिल्लाका सर्वसाधारणलाई अर्मेनियाले नियन्त्रणमा लिएका थियो ।

पछिल्ला दिनहरुमा दुवै पक्षबीच गोलाबारी हुँदा कयौ मारिए भने हजारौं सर्वसाधारण बिस्थापित भएका थिए । अजरबैजानले काराबास क्षेत्रबाट विस्थापित सर्वसाधारणलाई घर फिर्ता हुन सहयोग गर्नेसमेत प्रतिवद्धता जनाएको समाचारमा जनाइएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार नोभेम्बर २५ सम्म अर्मेनियाली सशस्त्र सेनाले कालाबजारलगायतका क्षेत्रमा गैरकानुनी रुपमा बसोबास गर्दै आएका अर्मेनियालीलाई फिर्ता हुन सहयोग गर्ने भएको छ । अर्मेनिया र अजरबैजानको जारी युद्ध अन्त्य गरी शान्ति सम्झौताका लागि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले मध्यस्थता गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

गत हप्ता नगरोनो काराबाखमा खटाइएका रुसी शान्ति सेनाले यस क्षेत्रको प्रशासनिक केन्द्र स्टेपनाकर्टमा चेकपोष्टहरु खडा गरेर शान्ति सम्झौताको पालना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ । रसिया, फ्रान्स र संयुक्त राज्य अमेरिकाले झण्डै दुई महिनाको झडपपछि युद्धविरामका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७