हङकङको नेपाली रेस्टुरेन्टमा आगलागी : सातको मृत्यु, अधिकांश नेपाली


१ मंसिर २०७७, सोमबार
fire hongkong 1 20201116010612

हङकङ, १ मंसिर । हङकङस्थित एक रेस्टुरेन्टमा गए राति आगलागी हुँदा कम्तिमा सात जनाको ज्यान गएको छ । जसमध्ये अधिकांश नेपाली रहेको बताइएको छ ।

आगलागीमा एक ९ वर्षीय बालकसहित सात जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा ४ पुरुष र ३ जना महिला छन् । मृत्यु हुनेमा ९ देखि ४० वर्षका रहेका छन् । त्यस्तै गम्भीर अवस्थामा ३ पुरुष र ४ महिलाको अस्पतालमा उपचार भइरहेको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ ।

यस्तै अन्य दुई जनाको समेत अवस्था गम्भीर रहेको जनाइएको छ । घाइते १८ मध्ये केही भने उपचारपछि डिस्चार्ज भएका छन् । अधिकारीहरूका अनुसार क्यान्टोन रोडस्थित याउ मा तेइ गल्लीमा रहेको नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी भएको हो । आगलागी जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट भएको अधिकारीहरूले बताएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७