महामारीमा पनि रसुवागढी जलविद्युतको काम जारी


१ मंसिर २०७७, सोमबार
rasuwagadhi hydro

रसुवा, १ मंसिर । निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको काम सामाजिक दूरी कायम गराई जारी राखिएको छ ।

विद्युत गृहमा पानी पठाउने मुख्य प्रवेशद्वार भोटेकोशीमा बाँध बाँध्ने र बालुवा थिग्राउने भूमिगत तीन पोखरीमा ढलान गर्ने काम तीव्र रूपले अगाडि बढेको हो । एक सय ११ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको चार हजार १८५ मिटर हेडरेस सुरूङ , विद्युत गृह एवम् ट्रान्सफर्मर राख्ने स्थानको निर्माण पूरा भइसकेको रसुवागढी जलविद्युत् आयोजनाले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेका कोभिड– १९ को मापदण्ड पालना गराई काम अगाडि बढाइएको आयोजना प्रमुख छवि गैरेले जानकारी दिए । आयोजनाको निर्माणस्थलमा २२२ नेपाली तथा ६६ चिनियाँ कामदार कार्यरत छन् ।

कोरोेना समस्याले सिभिल कामको जिम्मा पाएको चिनियाँ कम्पनी सिडब्लुईले यथेष्ट कामदार भने ल्याउन नसकेको बताइन्छ । सिभिल कामको समग्र प्रगति ७८ प्रतिशत पूरा भएता पनि कोरोना सङ्क्रमणको जोखिमले उपकरण जडान भने हुन सकेको छैन । सो कामको जिम्मा पाएको भ्वाइथ इण्डिया कम्पनीले समयमा कामदार ल्याउन नसक्दा उपकरण जडान गर्ने काम प्रभावित भएको आयोजनाका प्राविधिकले जनाएका छन् ।

कोरोनाको समस्या देखाउँदै सो कामको जिम्मा लिएको कम्पनीले भूमिगत संरचनाबाट निर्माण भइरहेको आयोजनामा विद्युत गृहको पानी बाहिर पठाउने ० ३४ मिटर टेलरेस सुरूङ छेड्न र सर्चटैंक मात्र निर्माण गर्न मात्र बाँकी रहेको जनाइएको छ ।

रु १३ अर्ब ६४ करोडका लागतमा सन् २०१३ देखि आयोजनाको निर्माण शुरूआत भएको थियो । आयोजना निर्माणमा ढिलाइ भए पनि ऊर्जा उत्पादनको कार्य दिगो र भरपर्दो हुने निर्माणमा सम्लग्न प्राविधिकले बताएका छन् ।

        

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७