चिसो बढेसँगै उत्तरी गोरखामा हिमपात


१ मंसिर २०७७, सोमबार
gorkha himpat

गोरखा, १ मंसिर । उत्तरी गोरखामा गए रातिदेखि भीषण हिमपात पर्न शुरु भएको छ । मौसममा बदली आएसँगै गएरातिदेखि ल्हो, सामागाउँ, चुम्चेत र छेकम्पारमालगायतका क्षेत्रमा हिमपात पर्न शाुरु भएको सामागाउँका स्थानीयबासी मिङ्मार लामाले जानकारी दिए ।

हिमपात पर्न शुरु भएसँगै जनजीवन प्रभावित हुन थालेको उनले बताए । ‘हिमपातसँगै चिसो पनि बढ्न थालेको छ’, लामाले भने, ‘दैनिक घरायसी कामकाजमा समेत समस्या हुन थालेको छ ।’ उनले हिमपातका कारण माथिल्लो क्षेत्रमा करु र गहुँ लगाउने काम रोकिएको जानकारी दिए ।

‘मानिसहरु आवतजावत गर्न, विकास निर्माणका काम गर्न, खच्चडबाट समान दुवानी गर्न पनि समस्या भएको छ’, स्थानीयबासी लामाले भने, ‘हिमपातका कारण आवासीय रुपमा सञ्चालनमा रहेका विद्यालयहरु समेत चलाउन कठिनाइ भएको छ ।’

अहिले प्रोकभन्दा माथिल्लो क्षेत्रमा हिमपात परेको चुमनुव्री गाउँपालिका-१ का वडाध्यक्ष बीरबहादुर लामाले बताए । हिमपातका कारण लार्केपास र रुइला नाका जानेबाटो समेत अवरुद्ध भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७