तिहारको बेला दुःखमा हङकङका नेपाली : आगलागीबाट ७ जनाको मृत्यु, ११ घाइते


१ मंसिर २०७७, सोमबार
A Nepali man injured in clashes in Jordan HK being rushed to hospital on Sunday.

काठमाडौँ । हङकङमा नेपालीले सञ्चालन गरेको एक क्लबमा आइतबार राती आगलागी हुँदा सात जना नेपालीको मृत्यु भएको छ। आगलागीमा परेर ११ जना घाइते भएका छन् ।

हङकङबाट प्रकाशित एभरेष्टखबरका प्रधान सम्पादक किशन राईका अनुसार जोर्डनको याउमातेइस्थित क्यान्टोन रोडस्थित एक नेपाली क्लबमा आइतबार राती करिब ८ ३० बजेतिर आगलागी भएको हो ।

hong kong chief executive
हङकङकी प्रमुख कार्यकारी क्यारी लाम घटनास्थलको निरक्षण गर्दै

जिरे खुर्सानी नामक क्लबमा तिहारको दियोबाट आगो सल्किएको हो । मृत्यु हुनेहरुमा चार पुरुष र तीन महिला रहेका छन् । मृत्यु हुनेमा अधिकांश बागलुङ जिल्लाका हुन्।

बागलुङका राज कँडेलको छोराको जन्मदिन मनाउने क्रममा आइतबार राती आगलागीको कारण अधिकांस बागलुङका परेका हुन् ।

यसैबीच हङकङकी प्रमुख कार्यकारी क्यारी लामले सोमबार घटनास्थलको निरीक्षण गरेकी छिन् । प्रमुख लामले अधिकारीहरूलाई घाइतेको उपचारमा ध्यान दिन र घटनाको कारण पत्ता लगाउन निर्देशन दिएकी छन्।

HK Update

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७