संक्रमितको उपचारमा खटिएका थप दुई डाक्टरको कोरोनाबाट गयो ज्यान


२ मंसिर २०७७, मंगलवार
efaef778d22e29345043664e706f80d4 w1000 h500 cp

काठमाडौं, २ मंसिर । कोरोना सङ्क्रमितको उपचारमा खटिएका थप दुई जना डाक्टरहरुको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. सुनिल झा र नेपाल वर्न सोसाइटी तथा इसान हस्पिटलका अध्यक्ष नारायणबहादुर थापाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमित भएका डा. झाको सोमबार बिहान र डा. थापाको आइतबार राति ज्यान गएको भन्दै मन्त्रालयले उनीहरुको निधनबाट देशलाई ठूलो क्षति पुगेको बताएको छ ।

health ministry release zkKxhIPhY1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७