शक्तिशाली ‘लोता तुफान’ बाट मध्य अमेरिकामा सयाैं परिवार बिस्थापित


२ मंसिर २०७७, मंगलवार
lota

अमेरिका, २ मंसिर । मध्य अमेरिकामा आएको शक्तिशाली तुफान लोताका कारण जनजिवन प्रभावित भएको छ ।

प्रतिघण्टा २६० किलोमिटरको दरले आएको आँधीले मध्य अमेरिकी मुलुकका सयौं घर परिवार बिस्थापित भएका छन् । आँधीका कारण अधिकांश घर र भौतिक संरचनामा क्षति पुग्नुका साथै सयौं सवारी साधनहरु नष्ट भएका छन् ।

हजारौं हेक्टर जमिनमा लगाइएको बालीनाली नष्ट गर्नुका साथै यातायात सेवा समेत अवरुद्ध हँुदा जनजीवन प्रभावित बनेको हो । यो वर्षकै सबैभन्दा शक्तिशाली मानिएको लोता तुफान रहेको मौसमविद्हरुको भनाइ छ । यसअघि सन् १९३२ मा मध्य अमेरिकी मुलुकहरुमा शक्तिशाली तुफान आउँदा सयौंको ज्यान गएको थियो ।

यो आँधी होन्डुरस र निकारागुआ प्रवेश गरेकाले त्यहाँ मानवीय र भौतिक क्षति पुग्न सक्ने अनुमान गरिएको छ । यसैबीच होन्डुरसका राष्ट्रपति जुआन ओर्लान्डो हर्नान्डेजले आँधीले थप क्षति पुर्‍याउन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् । यसअघि ग्वाटेमालामा आएको इटा नामक आँधीले २ सय जनाको मृत्यु भएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७