विश्वमा एकै दिन थपिए पाँच लाख संक्रमित, सात हजार २६० जनाको मृत्यु

अमेरिकामा संक्रमण र मृत्युदर सबैभन्दा उच्च


२ मंसिर २०७७, मंगलवार
korona

काठमाडौं, २ मंसिर । विश्वमा पछिल्लो २४ घण्टामै झण्डै पाँच लाख कोरोना भाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा चार लाख ९८ हजार आठ सय ८५ जनामा संक्रमण पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा विश्वभर सात हजार २६० जनाको मृत्यु भएको छ । यस बीचमा सबैभन्दा धेरै अमेरिकामा सात सय १९ जनाले ज्यान गुमाएका छन् । संक्रमणदर पनि अमेरिकामै उच्च छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै एक लाख ५७ हजार भन्दा धेरैमा कोरोना पष्टि भएको छ ।

विश्वभर अहिलेसम्म कोरोना संक्रमणबाट १३ लाख ३१ हजार ६ सय ९७ जनाले ज्यान गुमाइसकेका छन् । अहिलेसम्म विश्वभर पाँच करोड ५३ लाख ३४ हजार नौ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालको छिमेकी देश भारतमा कोरोना संक्रमणबाट अहिलेसम्म एक लाख ३० हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । त्यहाँ हिजो मात्रै चार सय ४३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यस बीचमा त्यहाँ २८ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७