महासचिव पौडेलले गरे अध्यक्ष प्रचण्डसँग भेटवार्ता, बस्ला भोलि सचिवालय वैठक ?


२ मंसिर २०७७, मंगलवार
prachanda bishnu poudel

काठमाडौं, २ मंसिर । पार्टीभित्रको चरम विवादका कारण सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको डिलमा पुगिरहेका बेला पार्टी महासचिव विष्णु पौड्याल दुई अध्यक्षलाई मिलाउन सक्रिय भएका छन् ।

नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीभित्रको चरम संकटका बेला आफू निकटका नेताहरुसँग छलफल र परामर्शमा जुटिरहेका बेला महासचिव पौडेलले दुई अध्यक्षलाई मिलाउने कोशिस गरेका हुन् ।

सोही अनुसार महासचिव पौडेल आज (मंगलबार) विहान प्रचण्ड निवास खुमलटार पुगेका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । महासचिव पौडलको प्रचण्डसँगको भेटवार्ता पार्टीको विकसित पछिल्लो राजनीतिक घटनाक्रममा केन्द्रित रहेको पार्टी संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिएका छन् ।

बुधबार (भोलि) का लागि सचिवालयका बहुमत सदस्यहरुले बोलाएको बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पछि सार्नु पर्ने पक्षमा छन् भने बहुमत सदस्य भोलि नै बैठक बस्नु पर्ने पक्षमा छन् । ओली निकट पौडेलको आजको भेटवार्ता पनि भोलिको सचिवालय वैठक सार्नु पर्ने पक्षमै रहेको स्रोतले जानकारी दिएको छ ।

यस्तै पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री ओलीले राजनीतिक भेटघाट बढाएका छन् । बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमलगायत नेतालाई भेटेका उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटिसकेका छन् । पार्टीको विवाद मिल्न नसक्दा नेकपा फुटको संघारमा पुगिसकेको छ । दुई अध्यक्ष तथा नेताहरु पक्ष–विपक्षमा लागेर आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

ओली सचिवालय वैठकमा उपस्थित नहुने सोंचमा रहेको र वैठकमा उनी उपस्थित नभए पार्टी सोही अनुसार अघि बढ्ने वहुमत सदस्यको भनाइका बीच भोलि (बुधबार)का लागि तय गरिएको नेकपा सचिवालय वैठकलाई निकै चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७