विमानस्थल सुरक्षार्थ छुट्टै ‘युनिट’ आवश्यक छ : मन्त्री भट्टराई


२ मंसिर २०७७, मंगलवार
y

काठमाडौं, २ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थलहरुको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्ने बताएका छन् ।

आज त्रिभुवन विमानस्थलभित्र निर्मित सुरक्षा गार्ड भवनको समुद्घाटन गर्दै मन्त्री भट्टराईले ‘विमानस्थल सुरक्षा प्रहरी’ भनेर छुट्टै युनिट बनाउनका लागि गृह, अर्थ रक्षा र पर्यटन मन्त्रालयबीच छलफल चलिरहेको बताए ।

125985097 390907085391453 9127140223478475774 n

उनले हाल मुलुकमा ५५ वटा विमानस्थल रहेकाले केही समयभित्रै पोखरा र भैरहवा विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा सञ्चालनमा आउने भएकाले विमानस्थलको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर छुट्टै युनिट बनाउनेबारे छलफल चलाइएको मन्त्री भट्टराईको भनाई थियोे ।

उनले एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल भएका कारण काठमाडौँ विमानस्थलमा अत्याधिक चाप हुने गरेकाले सबै मानिसहरु सफा नियतले मात्रै आउँछन् भन्ने नभएको बताउदै लागू औषध ओसारपसार, अन्तर्राष्ट्रिय आपरिक संगठनमा आवद्ध व्यक्तिहरुको ओहोरदोहोर जस्ता विषय उठ्ने गरेकाले यस्ता कामहरु हुन नदिन विमानस्थलको सुरक्षा मजबुत हुनुपर्ने उनको दाबी थियो ।

‘विमानस्थलको सुरक्षा संवेदनशील हुन्छ’ मन्त्री भट्टराईले भने, ‘विमानस्थलमा राम्रो मात्रै नियत बोकर मानिसहरु आएका हुँदैनन्, अन्तर्राष्ट्रिय आपराधिक गिरोहसँग संगठित भएकाहरु पनि आवतजात गर्ने सम्भावना रहन्छ, लागू औषध ओसारपसारका कुरा उठिरहेका छ ।

त्यसैले विमानस्थलको सुरक्षाको विषय चूनौती पनि हो, यसकारण छुट्टै सुरक्षा युनिट चाहिन्छ भनेर अहिले छलफल चलिरहेको छ ।’ मन्त्री भट्टराईले सुविधा सम्पन्न प्रहरी सुरक्षा भवन बनेकोमा खुशी ब्यक्त गर्दै यसले प्रहरीमा थप जिम्मेवारी, सक्रियता तथा लगनशीलता बृद्वि हुने विश्वास ब्यक्त गरे ।

नेपाल नागरिक उड्डयन प्राधिकरणकरणका महानिर्देशक राजन पोखरलले लकडाउनको समयमा पनि टिआएमा दुई वटा वाईडबढी जहाज अटने पाकिङ, ट्याक्सी पाकिङ, रनवे विस्तारलगायतका काम गरेको जानकारी गराउदै टिआईएको गुरुयोजना पुनरावलोकन भईरहेको बताए ।

अहिले नेपाल प्रहरीले नै विमानस्थलको सुरक्षाको काम हेरिरहेको छ भने नेपाली सेनाले बाहिरी घेराको सुरक्षाको काम गर्दै आएको छ । तीन सय ५० जनाको क्षमता भएको तीन तले भवन ७ करोड १५ लाख १७ हजार ६०५ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७