पार्टी विवाद उत्कर्षमा पुगेका बेला प्रचण्ड राष्ट्रपति भेट्न शीतलनिवासमा


२ मंसिर २०७७, मंगलवार
prachanda and bidhya devi

काठमाडौं, २ मंसिर । चरम विवादका कारण पार्टी विभाजनतिर अग्रसर भइरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।

शीतल निवास स्रोतका अनुसार प्रचण्ड केही समयअघि मात्रै शितलनिवास भित्र प्रवेश गरेका हुन् ।
नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रचण्ड शीतल निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । राष्ट्रपतिकै आग्रहमा प्रचण्ड शीतल निवास पुगेको स्रोतले जानकारी दिएको छ ।

भोलि (बुधबार) का लागि तय भएको सचिवालय वैठकका विषयलाई लिएर नेकपा अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीबीच आरोप प्रत्यारोप चलिरहेको छ ।

ओलीले पार्टी महासचिवमार्फत भोलिको वैठक सार्न प्रचण्डलाई प्रस्ताव गरेका छन् भने प्रचण्डले वैठक सार्नेबारेको छलफल पनि भोलिकै सचिवालय वैठकमा हुने अडान लिएका छन् । वैठक सार्नुपर्ने र वैठक बस्नै पर्ने अडानका बीच नेकपाका दुई अध्यक्ष अहिले आ–आफ्नो रणनीति निर्माणमा जुटेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७