५० बालबालिकामाथि यौन हिंसा गर्दै भिडियो बनाउने इन्जिनियर पक्राउ


३ मंसिर २०७७, बुधबार
CBI 2

काठमाडौं, ३ मंसिर । ५० बालबालिकामाथि यौन हिंसा गरेको आरोपमा भारतको उत्तर प्रदेशका एक इन्जिनियर पक्राउ परेका छन् ।

उत्तर प्रदेशको सिंचाई विभागमा कार्यरत जुनियर इन्जिनियर बालबालिकाहरुमाथि यौन उत्पीडन गरेको आरोपमा पक्राउ परेका हुन् । ती इन्जिनियरले ५० बालबालिकामाथि यौन उत्पीडन गरेको भिडियो बनाउने र तस्बिर बेच्ने गरेको खुलासा भएको छ ।

उनले अनलाइनमार्फत विगत १० वर्षदेखि ५ देखि १६ वर्षसम्मका बालबालिका र किशोरीहरुमाथि यौन उत्पीडन गर्दै आएको अनुसन्धानबाट खुलेको छ । यौन उत्पीडनमा पर्ने बालिका र किशोरी उत्तर प्रदेशको चित्रकुट, बांदा र हमिरपुरा जिल्लाका रहेका छन् ।

पीडितहरुलाई शान्त राख्न नगद र मोबाइल फोन समेत उपहार दिने गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । पक्राउ परेका जुनियर इन्जिनियरको नाम भने सार्वजनिक गरिएको छैन । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७