शरीर जोडिएका दुई शिशुको जन्म


३ मंसिर २०७७, बुधबार
0c4749816189c44bc0277af412f89ca8 w1000 h500 cp

पर्वत, ३ मंसिर । प्रसूति व्यथाले च्यापेको लामो समयपछि धौलागिरि अस्पताल पुगेकी पर्वतकी एक महिलाले शरीर जोडिएका दुई शिशुलाई जन्म दिएकी छन् ।

पर्वतको फलेवास नगरपालिका–२ कुर्घाकी २८ वर्षीया महिलाले धौलागिरि अस्पताल, बागलुङमा सोमबार शरीर जोडिएका दुई शिशुलाई जन्म दिएकी हुन् ।

प्रसूति व्यथा लागेपछि महाशिला गाउँपालिकाको लुंखुदेउरालीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी उनलाई पर्वत अस्पताल पठाइएको थियो । पर्वत अस्पताल कुश्माले समेत अवस्था गम्भीर रहेको भन्दै उहाँलाई धौलागिरि अस्पताल बागलुङमा पठाएको हो ।

‘उहाँ सोमबार साँझ अस्पताल आइपुग्नु भएको थियो, मंगलबार बिहान शिशु जन्मिएका हुन्,’ अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले भने । शरीर जोडिएर जन्मिएका शिशुलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ । आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको गौतमले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७