फेसबुकले हटायो कमला ह्यारिसविरुद्धको यौनजन्य सामग्री


३ मंसिर २०७७, बुधबार
kamala harris jolbrV3WBE

काठमाडौं, ३ मंसिर । फेसबुकले अमेरिकाकी नव–निर्वाचित कमला ह्यारिसबारे विभिन्न जातीवादी र महिलाविरोधी आपत्तिजनक सामग्री, मीम्स र कमेन्ट हटाई दिएको छ ।

बीबीसीले फेसबुकलाई यसबारे जानकारी दिएपछि यस्तो गरिएको हो । बीबीसीले फेसबुकलाई यस्ता तीन समूहबारे जानकारी दिएको थियो जसले लगातार घृणायुक्त सामग्री पोस्ट गर्ने गर्छन् ।

फेसबुकका अनुसार उसले आफ्नो मञ्चबाट घृणा फैलाउने ९० प्रतिशत सामग्रीलाई ऊजुरी गर्नुअघि नै हटाएको छ । यद्यपि, कमला ह्यारिसबारे घृणायुक्त सामग्री हटाएपछि फेसबुकले यी सामग्री पोस्ट गर्ने समूहविरुद्ध आफूहरुले कुनै कारवाही नगर्ने बताएको छ ।

मिडियाको निगरानी गर्ने एक संस्था मिडिया म्याटर्सका अध्यक्ष एन्जेलो केरुसोनले यसबारे भने, ‘मिडियाको उजुरीपछि सामग्री हटाउनुले यो दर्शाउँछ कि फेसबुकको नियम र दिशानिर्देश कति खोक्रो छन् र यसको पालनाका लागि उनीहरु शून्य बराबरको प्रयास गर्छन् ।’

भारतसँगको नातामाथि प्रतिक्रिया
यी पेजमा कमला ह्यारिसमाथि तथानाम आरोप लगाइए जस्तै कि उनी अमेरिकी नागरिक होइनन् किनभने उनकी आमा भारतीय थिइन् र उनका पिता जमेकाका थिए ।

केही कमेन्टमा उनलाई ‘भारत डिपोर्ट गरिनुपर्ने’ पनि बताइयो ।

अन्य थुप्रै मिम्समा उनको नामको मजाक उडाइयो ।

एक फेसबुक पेजमा चार हजार सदस्य थिए भने अर्कोमा १२ सय ।

थुप्रै पटक त्यसमा यौनजन्य र महिलाविरोधी सामग्री पनि देखियो जसलाई अब हटाइएको छ ।

फेसबुकलाई उसको विज्ञापनदाता र नागरिक अधिकार समूहले लगातार घृणायुक्त सामग्रीलाई हटाउनका लागि पर्याप्त प्रयास नगरेको आरोप लगाउने गर्छ ।

अगस्टमा सयौं कम्पनीले विरोधमा फेसबुकमाथि विज्ञापन दिन बन्द गरेको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७