चुनावमा धाँधली भएको छैन भन्ने निर्वाचन सुरक्षा अधिकारीलाई ट्रम्पले गरे बर्खास्त


३ मंसिर २०७७, बुधबार
132181f87a94cafaa928ec194105a15f w1000 h500 cp

अमेरिका, ३ मंसिर । अमेरिकाका पदासीन राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले चुनावमा धाँधली भयो भनेर गरेको आरोप खारेज गरेका निर्वाचन सुरक्षा अधिकारीलाई बर्खास्त गरेका छन् ।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीअन्तर्गत साइबर सुरक्षा विभाग हेर्ने अधिकारीलाई ट्रम्पले पदबाट हटाएका हुन् । ट्रम्पले ट्वीटमार्फत साइबर सेक्युरिटी एन्ड इन्फ्राइस्टक्चर सेक्युरिटी एजेन्सीका निर्देशक क्रिस क्रेब्सलाई बर्खास्त गरेको जानकारी दिएका छन् ।

अमेरिकामा यही नोभेम्बर ३ मा सम्पन्न चुनावमा डेमोक्रेट पार्टीका उम्मेदवार जो बाइडेनले स्पष्ट बहुमत ल्याइसकेका भए पनि धाँधली गरेको भन्ने आरोप लगाएर ट्रम्पले आफ्नो हार अस्वीकार गरिरहेका छन् ।

तर क्रिसले हालै वक्तव्य जारी गरेर ट्रम्पले दाबी गरेजस्तो चुनावमा धाँधली भएको कुनै प्रमाण नभएको भन्दै खण्डन गरेका थिए । त्यही रिसमा ट्रम्पले उनलाई बर्खास्त गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७