पार्टीप्रति गद्दारी हुने कुकर्ममा नलागौंं : रावल, सर्वाधिक कठिन समय : भट्टराई


३ मंसिर २०७७, बुधबार
yogesh bhim rawal

काठमाडौं, ३ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको चिसिएको सम्बन्ध र पार्टीभित्रको विवाद समाधानका लागि सहजीकरण गर्दै आएका दुई नेताहरुले नेकपाको पछिल्लो गतिविधिप्रति गम्भिर चिन्ता प्रकट गरेका छन् ।

नेकपा नेता भीम रावलले पार्टीभित्रको पछिल्लो अवस्थाले नेकपा फुटको दिशातर्फ अगाडि बढेको जनाउ दिएका छन् । ‘नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना नै समस्याको समाधान हो,’ नेता रावलले आज (बुधबार) विहान ट्वीटरमा लेखेका छन्, ‘बैठकबाट समस्याको समाधान खोज्नु पर्छ । फुट र विभाजन जस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौं ।’

v

यस्तै नेकपा सचिावलय बैठक तोकिएकै दिन पर्यटनमन्त्री समेत रहेका नेता योगेश भट्टराईले बुधबार बिहानै सामाजिक सञ्जालमार्फत अप्रिय अवस्थाको संकेत दिएका छन् । नेता भट्टराईले भने ट्वीटरमा यति मात्र लेखेका छन्, ‘सर्वाधिक कठिन समय !’

y 1

उनको यो स्टाटसले नेकपाभित्रकै चरम विवादलाई संकेत गर्ने कुरामा दुईमत देखिंदैन । दोस्रो तहका नेता भीम रावल र योगेश भट्टराईले यसअघि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सहमतिमा ल्याउन भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७