मन्त्रिपरिषद वैठक एक घण्टा पछि सारियो


३ मंसिर २०७७, बुधबार
pM KP SHARMA Oli

काठमाडौं, ३ मंसिर । पहिल्यै तय भइसकेको पार्टी सचिवालय बैठक छल्न समय जुधाएर बोलाइएको मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले एक घण्टा पछि सारेका छन् ।

शुक्रबार बसेको सचिवालय बैठकले अर्को बैठक आज बुधबार १ बजेका लागि तोकेको थियो । तर आज बिहान दिंदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सोही समयमा मन्त्रिपरिषद् बैठक रहेको भनी खबर गरिएको थियो ।

प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा बादल सचिवालयको बैठकमा उपस्थित हुनुपर्ने बेलामा मन्त्रिपरिषद् बैठक राखिएको हो । ‘भर्खरै क्याबिनेट बैठक एक घण्टा ढिलो हुने भनी सूचना आएको छ,’ एक मन्त्रीको सचिवालयका अधिकारीले बताए ।

n 1

यता नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने पार्टीको केन्द्रीय सचिवालयको वैठक पूर्व निर्धारित कार्यक्रमअनुसार आज अपरान्ह १ बजे बालुवाटारमै हुने भनी प्रष्ट पारेका छन् । दुवै बैठक एकै समयमा बालुवाटारमै हुने भनी तोकिएका कारण समेत झन् अन्यौल भएको हो ।

सो बैठक सार्न भनी प्रधानमन्त्री ओली पक्षले जोड गरिरहेको र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले गरिछाड्ने भनेका कारण नेकपामा तनावपूर्ण अवस्था रहेका बेला घट्नाक्रमहरु तीब्र रुपमा विकास भइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७