स्वार्थ समूहबाट खाएको धोका प्रचण्ड, वामदेव र माधवले नभूलून् : रामकुमारी झाँक्री


३ मंसिर २०७७, बुधबार
Ram kumari jhakri 2

काठमाडौं, ३ मंसिर । निर्णायक मोडमा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादप्रति नेता–कार्यकर्ताले खबरदारी बढाएका छन् ।

नेकपाकी नेतृ रामकुमारी झाँक्रीले पार्टीलाई विभाजन हुनबाट जोगाउन नेताहरूसँग सचेत हुन आग्रह गरेकी छन् ।

बुधबार (आज) का लागि तोकिएको नेकपा सचिवालय बैठक हुन्छ कि हुँदैन भन्ने अन्योल बढिरहेका बेला नेतृ झाँक्रीले सामाजिक सञ्जालमार्फत नेताहरूलाई खबरदारी गरेकी हुन् ।
नेतृ झाँक्रीले ट्वीटरमा लेखेकी छिन्, ‘आजको बैठक षड्यन्त्रपूर्वक पर नसारियोस् । समस्याको पहिचान गरिएको छ ।

संवाद छलफल र विधिबाट निकास निकाल्न बैठक नै अन्तिम र वैध विकल्प हो,’ उनले थपेकी छिन, ‘बैठक, विधि छाडेर अँध्यारो कोठाका स्वार्थ समूहसँग गरेको लेनदेनमा खाएको धोका कम्तीमा कमरेड प्रचण्ड, कमरेड वामदेव र कमरेड माधवले नभूलून् ।’

यसअघि नेकपा नेता भीम रावलले पनि नेकपा विवाद संवादबाटै हल गर्नुपर्ने चिन्ता व्यक्त गरेका छन् । उनले पार्टी फुटाएर देश र जनताप्रति गद्धारी नगर्न नेतृत्वको ध्यानाकर्ष गराएका थिए । यस्तै पर्यटनमन्त्री योगशे भट्टराईले पार्टीभित्रको विवाद सर्वाधिक कठिन समय भनेका छन् ।
हेर्नुस् नेतृ झाँकीको ट्वीट

Jhakri

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७