नेकपाको सचिवालय बैठक सुरु, प्रधानमन्त्री ओली पनि सहभागी


३ मंसिर २०७७, बुधबार
Meeting of CPN

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको छ । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् ।

यस अघि प्रधानमन्त्री ओलीले बैठकमा सहभागी नहु्ने अडान लिएका थिए । प्रधानमन्त्री ओली बैठकका लागि तयार नभए पनि बालुवाटारमै बैठक राख्ने चेतावनी बहुमत सचिवालय सदस्यहरूले दिएका थिए।

prachanda and kp oli
तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

अर्का कार्यकारी अध्यक्ष प्रचण्डले १९ पेज राजनीतिक प्रस्ताव राखेपछि प्रधानमन्त्री ओली आक्रोशित भएका छन् । प्रधानमन्त्री ओलीले प्रस्ताव फिर्ता नभए बैठकमा नबस्ने अडान लिएका थिए । तर दबाबपछि ओली बैठकमा सहभागी भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७