बुटवलमा कोरोनाबाट रोल्पाकी वृद्धाको मृत्यु


३ मंसिर २०७७, बुधबार
korona death

बुटवल, ३ मंसिर । कोरोना भाइरस संक्रमणबाट रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा रोल्पाकी एक वृद्धाको मृत्यु भएको छ ।

रोल्पाकी ७७ वर्षीया वृद्धाको उपचारको क्रममा आज (बुधबार) बिहान ११ः१० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिएका छन् ।

१६ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएकी उनी सोही दिन लुम्बिनी अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा भर्ना भएकी थिइन् । डा. गौतमका अनुसार उनीमा ज्वरो, दम, मधुमेह र श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७