नेकपा विवाद : अध्यक्ष ओलीले छुट्टै प्रतिवेदन पेस गर्ने

अर्काे सचिवालय बैठक मंसिर १३ गते बस्ने


३ मंसिर २०७७, बुधबार
kp oli prachanda 3

काठमाडौं, ३ मंसिर । नेकपाको सचिवालय बैठक तोकिएकै समय र स्थानमा बसेर सकिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकमा डेढ घण्टा छलफल भएको थियो ।

अब सचिवालयको अर्को बैठक १० दिनपछि बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेश गर्ने भएका छन् ।

Meeting of CPN

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले छुट्टै प्रस्ताव ल्याउने बताएका छन् । योसँगै बैठक १० दिनका लागि स्थगित भएको छ । अब सचिवालय बैठक मंसिर १३ गते बस्नेछ । साथै १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक समेत बोलाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७