नेकपाको १० दिने ‘युद्धविराम’ लगतै बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु


३ मंसिर २०७७, बुधबार
Cabinet tZGfwfjRxa 1

काठमाडौं, ३ मंसिर । मन्त्रि परिषद्को बैठक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । नेकपाको सचिवालय बैठक लगत्तै मन्त्रिपरिषद्को बैठक शुरु भएको हो ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रश्नको एक–एक जवाफ १० दिनभित्र दिने भन्दै समय मागेका छन् । अबको वैठक मंसिर १३ गते बस्ने भएको छ ।

योसँगै नेकपामा ओली र प्रचण्ड–माधव नेपाल समूहबीच १० दिनको युद्धबिराम भएको छ । प्रधानमन्त्रीले छुट्टै राजनीतिक प्रस्ताव ल्याउने भन्दै सचिवालय वैठक १० दिनपछि सारिएपछि तत्कालका लागि नेकपा फुटबाट जोगिएको छ । सोमबार र बिहीबार नियमित बैठक बस्ने गरे पनि प्रधानमन्त्रीले आजका लागि बैठक बोलाएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७