थप १,४४२ जनामा कोरोना संक्रमण, ३,५३८ जना निको, १२ को निधन


३ मंसिर २०७७, बुधबार
korona

काठमाडौं, ३ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३५ सय ३८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ ।

आज देशभर २८ हजार ८७८ जना सक्रिय संक्रमित छन् । आज देशभर १२ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म १ हजार २५९ जना संक्रमितको मृत्यु भइसकेको छ । देशभर आज ६७३१ जनाको पिसिआर परीक्षण भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७