काठमाडौं उपत्यकामा थपिए एक हजार ३८ जना संक्रमित


३ मंसिर २०७७, बुधबार

काठमाडौं, ३ मंसिर । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप एक हजार ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले एक हजार ३८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । प्रवक्ता डा. गौतमका अनुसार काठमाडौंमा ८२२, ललितपुरमा १६८ र भक्तपुरमा ४८ जना संक्रमित थपिएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थपिएका १४ सय ४२ जनामा कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकाका एक हजार ३८ जना भएको मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३५ सय ३८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ ।

आज देशभर २८ हजार ८७८ जना सक्रिय संक्रमित छन् । आज देशभर १२ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म १ हजार २५९ जना संक्रमितको मृत्यु भइसकेको छ । देशभर आज ६७३१ जनाको पिसिआर परीक्षण भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७