आलटाल र समय कटाउने हाेइन, सरकारको कामको समीक्षा गरौं : वरिष्ठ नेता नेपाल


३ मंसिर २०७७, बुधबार
Madhav Kumar Nepal माधवकुमार नेपाल is a Nepalese politician who was Prime Minister of Nepal

काठमाडौं, ३ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले तीन तहका सरकारका कामको समीक्षा ढिला नगरी गरिनु पर्ने बताएका छन् ।

आज (बुधबार) बसेको नेकपा सचिवालय बैठकमा उनले केन्द्रका मन्त्री, प्रदेश सरकार स्थानीय तहका कामको समीक्षा गर्न ढिला गर्न नहुने बताएका हुन् ।

‘कार्यकर्ता र जनतामा व्यापक निरासा भयो आशामा बदल्ने काम गरौं’, उनको भनाइ थियो, ‘सबै तहका सरकारलाई पार्टी र जनताप्रति उत्तरदायि बनाऔं ।’ नेता नेपालले समय मात्रै लिने र अलमल गर्ने काम बन्द गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएका छन् ।

Meeting of CPN

बुधबारको सचिवालय बैठकमा आफ्नो धारणा राख्दै वरिष्ठ नेता नेपालले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले अनेक बहानामा समय कटाउने र अलमल गर्ने गरेको भन्दै अव त्यस्तो प्रवृत्ति नदोहोर्‍याउन चेतावनी दिएका हुन् ।

अध्यक्ष ओलीले आफूविरुद्ध अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिवेदनको जवाफ लिखित रुपमै ल्याउने र त्यसका लागि समय चाहिने बताएपछि नेता नेपालले त्यस्तोे जवाफ दिएको एक सचिवालय सदस्यले जानकारी दिएका छन् ।

नेता नेपालले केन्द्रीय सरकारको गतिहिनताका कारण स्थानीय सरकार र प्रदेश सरकार समेत निष्प्रभावी बनेको भन्दै तीनै तहका सरकारको काम कारवाहीको गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने बताएका छन् । ‘कसैले पनि गल्ती र कमजोरी नगरौं, अहिलेसम्म भएका कमजोरीको सवैले स्वीकार गर्दै सच्चाउन तयार रहौं’, नेता नेपालले बैठकमा राखेको भनाइ उदृत गर्दै ती सदस्यले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७