नेकपालाई न चीनले जोगाउन सक्छ, नत भारतले फुटाउन : मन्त्री भट्टराई

‘केन्द्रमा आगो बलिरहेको छ, तपाई हातमा पेट्रोल बोक्ने कि पानी ?’


३ मंसिर २०७७, बुधबार
yogesh bhattrai
फाइल फोटो

झापा, ३ मंसिर । पार्टीभित्रको विवाद सुल्झाउनका लागि लगातार सक्रिय रहँदै आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पार्टी नेता–कार्यकर्ताले मात्र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई जोगाउन र फुटाउन सक्ने बताएका छन् ।

नेकपालाई न चीनले जोगाउन नसक्ने नत भारतले फुटाउन नसक्ने बताउँदै नेता मन्त्री भट्टराईले नेकपालाई जोगाउने र फुटाउने सबै हात नेता कार्यकर्तामा भर पर्ने बताएका छन् ।

आज (बुधवार) झापाको बिर्तामोडमा आयोजित प्रेस संगठन नेपाल झापा शाखाको सपथ ग्रहण समारोहमा उनले नेकपामा अहिले गम्भिर संटक देखिएको र यस्तो बेला पार्टीका नेता–कार्यकर्ता पनि संयमित र गम्भिर बन्नु पर्ने बताउँदै भने, ‘केन्द्रमा आगो बलिरहेको छ, तपाई हातमा पेट्रोल बोक्ने कि पानी ?’

नेता भट्टराईले पार्टीभित्रको विवादमा आवेश, उतेजना र भड्काउतिर लैजान नहुने संकेत गरेका छन् । नेपालका ठूला मिडिया पुँजीवादी पक्षधर भएको बताउँदै उनले भने, ‘ती पुँजीवादी नै प्रेस स्वतन्त्र हुनु पर्छ भन्छन् ।’ नेकपाको स्वास्थ्य राम्रो नभएको बताउँदै मन्त्री भट्टराईले सानोतिनो समस्याले पार्टी विभाजन नहुने र गर्न पनि नहुने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७