२०७७ मंसिर ४ गते बिहीबारको तपाईको राशिफल


४ मंसिर २०७७, बिहीबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मित्र वा आफन्तको सहयोगबाट मिल्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ । गरेका कामबाट राम्रै लाभ होला । बौद्धिकताको विकास पनि हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्ने छ । श्रमको पनि उचित मूल्याङ्कन हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोजगारको अवसर मिल्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्ने छ । तर साँझमा खर्च बढ्न सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज राजनैतिक कार्यमा सफलता मिल्ने छ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । आर्थिक पक्ष सुदृढ बन्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
घरमा अतिथीको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु होला । आर्थिक क्षेत्रमा संकट आउला । बन्दव् यापारमा मन्दी छाउने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नसोचेको ठाउँ बाट धन हात पर्नेछ । नयाँ काममा हात हाल्ने समय छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । परिश्रम गर्दा अधिक धनार्जन हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
रमणीय र सुखद् यात्राको योग छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । मिष्ठान्न भोजनको अवसर पनि प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । साथी या नयाँ व्यक्तिसँग भेटघाट होला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज यात्रामा मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । साँझमा आर्थिक संकट आउन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । छोटो दूरीको लाभदायक यात्रा रहला । कलकारखाना र बन्द व्यापारमा फाइदापनि हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७