वामदेवले ओलीलाई सम्झाउँदै भने, ‘एमालेका ती दिन सम्झिनुस्, आरोप आउँछन्, चिन्ता नगर्नुस्’


४ मंसिर २०७७, बिहीबार
bamdev

काठमाडौं, ४ मंसिर । नेकपाका उपाध्यक्ष वामदेव गौतमले सरकार र पार्टीको नेतृत्वको हैसियतमा अहिले लागेको आरोपबाट नआत्तिन र चिन्तित नहुन प्रधानमन्त्री केपी ओलीलाई सुझाब दिएका छन् ।

तत्कालीन एमाले–माले विभाजनताका भएको आरोप(प्रत्यारोप र महाधिवेशनका वेला हुने गरेका अन्तरविरोध र बहसहरूलाई सम्झिन ध्यानाकर्षण गराउँदै गौतमले चिन्ता नलिन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन् । एमाले–माले विभाजनपछि तत्कालीन एमालेले गौतमलाई नेपालकै नम्बर वान भ्रष्टाचारी भन्दै खुल्लामञ्चबाट घोषणा गरेको थियो ।

फुटताकाको अन्तर्संघर्षमा एमालेले मालेलाई बासी गुटसम्मको आरोप लगाएको थियो भने मालेले एमालेलाई राष्ट्रघातीदेखि महाकाली बेचुवासम्मको आरोप लगाएको थियो । गौतमले ती दिनहरूतर्फ इंंगित गर्दै ओलीलाई चिन्ता नगर्न र शिक्षा लिन ध्यानाकर्षण गराएका हुन् ।

‘पार्टीमा आरोपहरू आउँछन्, प्रस्तावहरू पनि आउँछन् । प्रस्तावमा आरोपहरू पनि आउँछन् । हिजो एमालेमा पनि यस्ता आरोपहरू लाग्ने गरेको ती दिनहरू तपाईं सबै सम्झिनुस्,’ गौतमको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘त्यसकारण आरोप ल्याइयो भन्दैमा चिन्ता गर्नुपर्ने कुरा केही पनि छैन । तपाईंले पनि आफ्ना कुरा (बेग्लै राजनीतिक दस्ताबेज) ल्याउन लाग्नुभो, बहस र छलफलका लागि त्यसले राम्रै गर्छ ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७