साथीको खोजीमा एक बाघको ३ हजार किलोमिटर यात्रा, बन्यो यस्तो ‘रेकर्ड’


प्रकाशित मिति : November 19, 2020

काठमाडौं, ४ मंसिर । एक बाघले सबैभन्दा लामो पैदल यात्राको रेकर्ड तोडेको छ । भारतको ‘वकार’ नामको बाघले यो रेकर्ड तोडेको हो । यो बाघले अब महाराष्ट्रको ज्ञानगंगा पशु विहारलाई आफ्नो घर बनाएको छ । वन्यजीव अधिकारीले यो बाघलाई ‘वाकर’ नाम दिएका हुन् ।

साढे तीन वर्षको यो भाले बाघले गत वर्ष जूनमा महाराष्ट्रको एक पशु विहारमा अवस्थित आफ्नो घर छोडेको थियो । यो बाघ बाघ सम्भवतः शिकार, आफ्ना लागि भिन्न इलाका वा एक साथीको खोजीमा थियो । रेडियो कलर राखिएको यो बाघले महाराष्ट्र र तेलंगानाको सात जिल्लामा ३ हजार किलोमिटरको यात्रा गर्यो । र अब उक्त बाघ एक स्थानमा बसिसकेको छ ।

भेट्यो स्थान

२०५ वर्ग मिटरमा फैलिएको ज्ञानगंगा पशु विहार क्षेत्रमा चितुवा, निलगाई, जंगली सुँगुर, मयुर र हिरण बस्छन् । वन्यजीव अधिकारीका अनुसार वाकर त्यहाँ बस्ने एकमात्र बाघ हो ।

महाराष्ट्रका वरिष्ठ वन अधिकारी नितिन काकोडकरले बीबीसीलाई भने, ‘अब उसलाई सीमाको कुनै चिन्ता छैन र यहाँ शिकार पनि पर्याप्त छ ।’ अन्य वन्यजीव अधिकारीले भने वाकरलाई सम्भोग साथी दिनका लागि एक पोथी बाघलाई पनि उक्त स्थान ल्याउने हो कि भनेर विचार गरिरहेका छन् ।

बाघ एक्लै बस्न सक्ने जीव होइन । त्यसैले उसलाई साथीको आवश्यकता पर्छ । तर पशु विहार क्षेत्रमा अर्को एउटा बाघ लैजानु सहज निर्णय भने होइन । काकोडकर भन्छन्, ‘ज्ञानगंगा कुनै ठूलो स्थान होइन । यसको चारैतिर खेती हुन्छ । यसबाहेक यदि वाकरले यहाँ प्रजनन गर्यो भने पनि अन्य जनावरमाथि दबाब बढ्नेछ ।’

वाकरलाई गत वर्ष फेब्रुअरीमा एक रेडियो कलर लगाइएको थियो । उसले आफ्नो लागि सही स्थान खोज्नका लागि मनसुनको वर्षा सुरु हुञ्जेल जंगलमा घुम्न जारी राख्यो ।

वन्यजीव अधिकारीले भने, ‘वाकरले ३००० किलोमिटरको यात्रामा सीधा गरेको होइन । हरेक घण्टा जीपीएसको सहारामा उसको स्थान दर्ता गरिन्थयो । यतिबेला वाकरको ५ हजारभन्दा बढी स्थान दर्ता गरियो ।’

वाकरलाई अधिकांश हिस्सामा नदी, नाला र राजमार्गका साथै खेतमा, कहिले अघि, कहिले पछि यात्रा गर्दै गरेको ट्रयाक गरियो । महाराष्ट्रमा जाडोयाममा कपास फलाउने मौसम हुन्छ । कपासको अग्लो बोटबीच बाघ सजिलै लुकीलुकी अघि बढिरह्यो । ऊ धेरैजसो यात्रा राती गर्दथ्यो, खानाका लागि जंगली सुँगुर र गाई मार्दथ्यो ।

आफ्नो यो लामो र जोखिमयुक्त यात्राका क्रममा वाकर एक पटक मात्रै मनुष्यसँग संघर्षमा आएको थियो । एक व्यक्ति उसको पञ्जाको निशानको सहारामा एक घना झाडीमा बसेको वाकर भएसम्म पुगेको थियो । यी व्यक्तिलाई साधारण चोट लागेको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्