फाइजरको कोरोना खोप ९५ प्रतिशत प्रभावकारी, पाँच करोड डोज उत्पादन हुँदै

यसरी गरियो परीक्षण, वृद्ध उमेरका मानिसका लागि समेत खोप उपयोगी


४ मंसिर २०७७, बिहीबार
pfizar 1200x560 1

काठमाडौंं, ४ मंसिर । अमेरिकाको फाइजर र जर्मनको बायोनटेक कम्पनीले संयुक्त रूपमा विकास गरेको कोरोना खोपको तेस्रो अर्थात् अन्तिम परीक्षणमा ९५ प्रतिशत प्रभावकारी पुष्टि भएको छ ।

कम्पनीका अनुसार वृद्ध उमेरका मानिसका लागि समेत खोप उपयोगी छ । यो खोपका कुनै गम्भीर साइड इफेक्ट पनि देखिएको छैन । यही वर्ष (सन् २०२०– यो भनेको अब डेढ महिनाभित्र) खोपको ५ करोड डोज उत्पादन गर्ने तयारी गरिएको छ । तेस्रो चरणको खोप परीक्षणमा सहभागी व्यक्तिलाई पहिलो डोज दिएको २८ दिनपछि कोरोनाबाट ९५ प्रतिशत सुरक्षा दिएको पाइएको हो ।

कम्पनीका अनुसार खोप प्रभावकारी देखिएसँगै अब अमेरिकाको नियामक निकाय यूएस फुड एन्ड ड्रग एडमिनेस्ट्रेसन (यूएसएफडीए) ले आपतकालीन प्रयोगका लागि अनुमोदन गर्ने सम्भावना छ ।
यसरी गरियो परीक्षण

फाइजरद्वारा निर्मित खोपको तेस्रो चरणको चिकित्सकीय (मानिसलाई लगाएर हेर्ने) परीक्षण गत जुलाई २७ मा सुरु गरिएको थियो । जसमा ४३ हजार ६६१ जना सहभागी भएका थिए । उनीहरूलाई २ समूहमा विभाजन गरिएको थियो ।

पहिलो समूहलाई सलाइन पानी दिइयो भने दोस्रो समूहलाई खोप लगाइयो । तीमध्ये दुवै समूहका गरेर १७० जनाका कारोना संक्रमणका सुरुवाती लक्षण देखिए ।

त्यसको अध्ययन गर्दा १७० बिरामीमध्ये १६२ जना खोप नलगाइएका अर्थात् सलाइन पानी मात्र चढाइएका व्यक्ति थिए भने ८ जना मात्र खोप लगाइएका थिए । अर्थात् खोप लगाएकामध्ये एकदमै कम मानिसलाई मात्र कोरोनाले असर गर्न सक्यो । दैनिक भास्करबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७