ओबामाको पुस्तक ‘अ प्रोमिस्ड ल्यान्ड’ एकै दिन आठ लाख ९० हजार प्रति बिक्री


४ मंसिर २०७७, बिहीबार
5b9024230c44e52914c7f8e7ad7a4d90 w1000 h500 cp

काठमाडौं, ४ मंसिर । अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाको पुस्तक ‘अ प्रोमिस्ड ल्यान्ड’ ले बिक्रीको नयाँ रेकर्ड बनाएको छ ।

अमेरिका र क्यानडाको बजारमा पुस्तक आएको २४ घण्टामा आठ लाख ९० हजार प्रति बिक्री भएको छ । यसअघि कुनै पनि राष्ट्रपतिको संस्मरण समावेश पुस्तक यो संख्यामा एकै दिन बिक्री भएको थिएन । अग्रिम बुकिङ, अडियो र अनलाइन बुकिङ गरेकाहरूलाई मात्रै पुस्तक बिक्री गरिएको थियो ।

पुस्तक प्रकाशन गरेको पेन्गुइन रेन्डम हाउसका लागि पनि यो नयाँ रेकर्ड हो । हाउसका प्रकाशक डेबिड ड्रेकले भने, ‘पहिलो दिनको बिक्रीबाट हामी खुशी छौं । यो बिक्रीले पूर्व राष्ट्रपति ओबामालाई मन पराउने र उनको पुस्तक प्रतीक्षा गर्नेको संख्या पनि दर्शाउँछ ।’

ओबामाको संस्मरण समेटिएको ७६८ पेजको पुस्तकको मूल्य ४५ डलर छ । यस पुस्तकमा ओबामाले सन् २००८ को राष्ट्रपतीय निर्वाचनको प्रचारप्रसार अभियान, पहिलो पटक राष्ट्रपति बन्दाको अनुभवदेखि पाकिस्तानको एबटावादमा अलकायदा प्रमुख ओसामा बिन लादेनको मृत्युसम्मको संस्मरण समेटेका छन् । यस पुस्तकमा दुई भाग छ, जसमध्ये पहिलो भाग गत मंगलबार सार्वजनिक भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७