यी चिजको मिश्रणबाट बनाइन्छ कोरोना खोप


४ मंसिर २०७७, बिहीबार
1605783529 corona 1200x560 1

काठमाडौं, ४ मंसिर । यतिबेला विश्वका विभिन्न औषधि कम्पनी कोरोना भाइरविरुद्ध खोप निर्माणमा जुटिरहेका छन् ।

हालै अमेरिकाको मोडर्ना कम्पनीले आफूले विकास गरेको खोपले झण्डै ९५ प्रतिशत (९४.५) प्रतिशत प्रभावकारी अर्थात् कोरोना नष्ट गर्ने देखिएको दाबी सार्वजनिक गरेको छ । यस्तै गत हप्ता मात्र अमेरिकाकै फाइजर कम्पनीले पनि कोरोनाविरुद्ध खोप तयार भइसकेको जानकारी दिएको छ ।

तर यी दाबीबीच चिकित्सा विज्ञले खोप निर्माणका लागि सार्क माछाको कलेजोको तेल, विशेष रूखको बोक्रा र बालुवाजस्ता ५ सय चिज व्यवस्था गर्नुपर्ने हुन्छ, तर तिनको संकट देखिएको बताएका छन् । खोप निर्माणका लागि अति आवश्यक वस्तुमध्ये एक हो– सार्क माछाको कलेजोको तेल, जुन फ्लुविरुद्ध बनाइने खोपमा प्रयोग गरिन्छ । संरक्षण समूहले सार्कको माग बढ्ने र यो धेरै संख्या मारिने अनुमान गरेको छ ।

यस्तै खोप निर्माणका लागि आवश्यक पर्ने अर्काे चिज हो– क्विलाज जातका रूखको बोक्रा । यसमा मानिसको प्रतिरक्षा प्रणाली बलियो बनाउने गुण हुन्छ । तर यो रूख पनि यतिबेला खडेरीको चपेटामा परेको र यसको बोक्रा पनि विशेष महिनामा मात्र निकाल्न मिल्ने विज्ञले बताएका छन् ।

यस्तै खोपका लागि फायरफक्स शिशी बोरोसिलिकेट ग्लासबाट बनेका हुन्छन्, त्यो पनि पर्याप्त छैनन् । साइन्टिफिक एडभाइजरी ग्रुप अफ इमरजेन्सीका सदस्य सर जन बेल भन्छन्, ‘केवल २० करोड शिशी छन्, जुन प्रयोगमा छन् । स्रोत : दैनिक भास्कर

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७