पदभार सम्हालेको साढे २ घण्टामै विहारका शिक्षामन्त्रीले दिए राजीनामा


५ मंसिर २०७७, शुक्रबार
c823d25a2af56eeab3739e15422a76f0 w1000 h500 cp

काठमाडौं, ५ मंसिर । बिहारका शिक्षामन्त्री मेवालाल चौधरीले पदभार ग्रहण गरेको साढे २ घण्टामै राजीनामा दिएका छन् ।

उनले बिहीबार मात्रै शिक्षामन्त्रीको पदभार सम्हालेका थिए । उनको यो राजीनामा स्वीकृत गरिएको छ । राज्यपाल फागु चौहानले उनलाई पदबाट हटाउने निर्णय गरेका थिए । चौधरीले नीतीशकुमारसँगै १६ नोभेम्बरमा क्याबिनेट मन्त्रीको रुपमा सपथ लिएका थिए ।

मेवालालको राजीनामा पछि उनको विभागमा अब अशोक चौधरी आउने जनाइएको छ । मेवालाल चौधरीलाई क्याविनेटमा सामेल गरेलगत्तै नीतीश सरकारले यसप्रति असन्तुष्टि जनाएको छ । मेवालाललाई सन् २०१० मा बिहार कृषि विश्वविद्यालयको कूलपति हुँदा आर्थिक घोटाला लगायतका अन्य आरोप लागेको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७