भारतमा यात्रु वाहक गाडी ट्रकसँग ठोक्किँदा बालबालिकासहित १४ जनाको मृत्यु


५ मंसिर २०७७, शुक्रबार
2c0498ae9522b5d520060ac3f83b81e1 w1000 h500 cp

काठमाडौं, ५ मंसिर । भारतको उत्तर प्रदेशमा प्रतापगढ जिल्लास्थित प्रयागराज–लखनउ राजमार्गमा दुई गाडी आपसमा ठोक्किँदा बालबालिकासहित १४ जनाको ज्यान गएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार टायर पम्पचर भएपछि सडकको किनारमा रोकिराखेको ट्रकमा यात्रु सवार एसभीयू गाडी बिहीबार राति ठोक्किएको थियो । त्यहाँका प्रहरी अधिकारीका अनुसार गाडीमा सवार यात्रु एक विवाहमा सहभागी भएर आफ्नो गाउँ फर्किदै थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७