कोरोनाबाट होटल संघका निवर्तमान अध्यक्ष अमरमान शाक्यको निधन


५ मंसिर २०७७, शुक्रबार
Amarman shakya

काठमाडौं, ५ मंसिर । कोरोना भाइरस संक्रमणका कारण होटल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको निधन भएको छ ।

७० वर्षीय शाक्यको उपचारका क्रममा आज (शुक्रबार) बिहान ३ बजे ओम अस्पतालमा निधन भएको हो ‘हान’ ले जानकारी दिएको छ ।

सोल्टिमोडस्थित अमर होटलका सञ्चालक शाक्यलाई दशैंपछि कोरोना संक्रमण पुष्टि भएको थियो । निमोनियाँ देखिएपछि उनलाई ओम अस्पताल भर्ना गरिएको थियो । तर उपचार गर्दागर्दै उनको निधन भएको हो । उनका एक छोरा डाक्टर हुन् । छोराकै निगरानीमा उपचार गराइरहेका उनी केही दिनदेखि स्वास्थ बिग्रिएपछि ओम अस्पतालमा भर्ना भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७