नशालु पदार्थ खुवाई लुटपाट


५ मंसिर २०७७, शुक्रबार
lutpat yHhF1msTjc 1

कञ्चनपुर, ५ मंसिर । नशालु पदार्थ खुवाई भारतको उत्तराखण्डको ऋषिकेशमा एक नेपालीलाई लुटिएको छ ।

सुर्खेत घर भएका ४१ वर्षीय तीर्थबहादुर सारु मगरलाई चिसो पेय पदार्थमा नशालु वस्तु खुवाई अपरिचित व्यक्तिले भारतीय रुपैयाँ ८५ हजार लुटेर लगेका हुन् ।

भारतको रुदप्रयागमा दुई महिनाअघि मजदूरी गर्न गएका मगरलाई घर फर्कने क्रममा ऋषिकेशमा पुगेका बेला लुटिएपछि आज नेपालीको सहयोगमा गड्डाचौकी ल्याइएको छ ।

सशस्त्र प्रहरीले बेखर्ची मगरलाई फेला पारी खाना खुवाएको छ । मगरका परिवारजनसँंग सम्पर्क गरी परिवार जिम्मा लगाउने तयारी भइरहेको सशस्त्र प्रहरी निरीक्षक पदम भण्डारीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७