दरबार मलमा खुल्यो अपी ग्लामरसको नयाँ शोरुम


५ मंसिर २०७७, शुक्रबार
api13 2048x1365 1

काठमाडौँ, ५ मंसिर । विभिन्न नयाँ डिजाइनका आभुषण आइटम भित्र्याएको अपी ग्लामरस प्लसको शोरुम दरबार मलमा खुलेको छ । शोरुमको बिहीबार मोडल एवं कलाकार पुजन घिमिरे र माछापुच्छ्रे बैंक दरबारमार्ग शाखाकी प्रबन्धक सन्जुली प्रधानले उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि मोडल घिमिरेले शोरुम अवलोकन गर्दै फेसन रुचाउने नयाँ पुस्ताका युवतीहरुका लागि आकर्षक र फेसनेवल ज्वेलरी आइटमले मन खिचेको बताइन् । साथै पार्टी, विवाहजस्ता समारोह र विशेष अवसर पहिरन गर्न उपयुक्त हुने थुप्रै आइटम सजाएर राखिएको उनको भनाइ थियो ।

भारतीय कालीगढद्वारा डिजाइन गरिएका आकर्षक एवं फेसनेबल ज्वेलरी आइटमहरु शोरुममा राखिएको छ यसका सञ्चालक गणेशदत्त पन्तले बताए । उनका अनुसार किशोरी, युवती र विवाहित महिला सबैका लागि उपयुक्त हुने खालका पर्ल (मोती) रुबी (मणिरमाणिक) र हीरा जडित पोल्की, कुन्डन, बेंगल, रिङ (औँठी), नेकलेसलगायत नाक–कानमा लगाइने आभुषणका सम्पूर्ण सेट शोरुममा राखिएको छ ।

api7 2048x1365 1

ओपनिङ सेसन केही दिनसम्म जारी रहने र सो अवसरमा विशेष छुटका साथ ज्वेलरी सेटहरु उपलब्ध गराउने सञ्चालक पन्तले बताए । उनका अनुसार अपी ग्लामरस ज्वेलरीको फेसबुक पेज र ह्वाट्स एपमार्फत पनि अर्डर गर्न सकिनेछ ।

उद्घाटनका क्रममा साइन रेसुंगा डेभलपमेन्ट बैंकका डि–सिइओ पुष्करराज जोशी, डिएसपी रामेश्वर पौडेल, पत्रकार विष्णु निश्चल लगायत व्यवसायिक व्यक्तित्वहरु एवं लेखक, कलाकारसमेतको उपस्थिति थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७