विश्वका चार करोड मानिसले जिते कोरोनालाई

पछिल्लो २४ घण्टामै थपिए ६ लाख २० हजारमा संक्रमित, १० हजार ५१६ को मृत्यु


६ मंसिर २०७७, शनिबार
https s3 ap northeast 1.amazonaws.com psh ex ftnikkei 3937bb4 images 3 7 2 6 26746273 3 eng GB Cropped 1588059291R20200428 Student with disabilities Indonesia scaled

काठमाडौं, ६ मंसिर । विश्वमा चार करोडभन्दा धेरै मानिस कोरोना संक्रमणमुक्त भएका छन् । विश्व स्वाथ्य संगठनको तथ्याङ्क अनुसार हालसम्म कूल कोरोना संक्रमितको संख्या ५ करोड ६६ लाख २३ हजार ६४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख २० हजार ७४४ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १० हजार ५१६ कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म विश्वमा १३ लाख ५५ हजार ९६३ जनाको मृत्यु भइसकेको छ । विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिका, भारत, ब्राजिल लगायत देशमा भएको छ ।

गएको डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस अहिले विश्वका २१८ देशमा फैलिसकेको छ । कोरोनाका कारण सबैभन्दा धेरै अमेरिका प्रभावित छ । अमेरिकामा एक करोड २२ लाखभन्दा धेरै सङ्क्रमित छन् । त्यहाँ अहिलेसम्म दुई लाख ६० हजार २४० जनाको ज्यान गएको छ । यस्तै भारतमा ९० लाखभन्दा धेरै सङ्क्रमित हुँदा एक लाख ३२ हजार ७ सय ६४ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७