नेकपा नेताहरुलाई बाबुरामको सुझाव : ‘कुलिङ होइन, हिटिङ पिरियड’ भन्नुस्


६ मंसिर २०७७, शनिबार
baburam bhattarai

काठमाडौं, ६ मंसिर । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तासीन दल नेकपाभित्रको ‘कुलिङ पिरियड’ को कुरा नबुझिएको बताएका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पूर्व सहयोद्धा भट्टराईले द्वन्दवादको नियमबारे ट्वीटरमा लेखेका छन्, ‘नेकपाभित्रका केहीले ‘कुलिङ पिरियड’ को कुरा गरेको बुझिएन । द्वन्दवादको नियमले त एकता संघर्ष रूपान्तरणको कुरा पो गर्छ त । अझै माओ त ठूलो माछाले सानो माछा निल्नु रूपान्तरण हो भन्थे ।’

ba

धर्मशास्त्रले पनि संघर्षबाटै असत्यमाथि सत्यको जितको कुरा गरेको भन्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले कुलिङको सट्टा हिटिङ भन्नुपर्ने हैन र भनेर उनले प्रश्न गरेका छन् । नेकपामा पछिल्लो समय अध्यक्ष केपी ओेली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच संवाद टुटेको छ ।

पत्रयुद्धपछि यतिबेला अध्यक्षद्वयबीच एकअर्का विरुद्ध रणनीतिक संघर्षको तयारी चलिरहेको छ । मंसिर ३ को बैठकमा प्रचण्डको प्रस्तावको जवाफमा अर्को दस्तावेज लेख्न मागेको दश दिनको समयलाई नेकपामा कुलिङ पिरियड भनिएको छ । यस विषयमलाई व्यंग्यात्मक शैलीमा भट्टराईले दार्शनिक कटाक्ष गरेको देखिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७