कोरोना संक्रमितको उपचारमा ‘रेम्डेसिभिर’ प्रयोग तुरुन्त रोकौं : डब्ल्युएचओ


६ मंसिर २०७७, शनिबार
remdesivir 1

काठमाडौं, ६ मंसिर । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओे) ले रेम्डेसिभिर औषधिलाई कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने औषधिको सूचीबाट हटाएको छ ।

डब्ल्युएचओले अहिले कोरोना संक्रमितमा रेम्डेसिभिर प्रयोग गरिरहेका देशहरूलाई यसको प्रयोग तत्काल बन्द गर्न आग्रह गरेको छ । उक्त औषधि कोरोना संक्रमण निको पार्न प्रभावकारी भएको कुनै प्रमाण पाउन नसकिएको डब्ल्युएचओको दाबी छ ।

बिहीबार डब्ल्युएचओले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हाम्रो दिशानिर्देश समितिले सिफारिस गरेबमोजिम रेम्डेसिभिर प्रयोग भइरहेको छ भने त्यसलाई तुरुन्तै बन्द गरौं । हामीले यो औषधि कोरोना संक्रमतिको उपचारमा प्रभावकारी छ भन्ने कुनै प्रमाण फेला पार्न सकेनौं ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७