ललितपुरबाट विप्लव समूहका दुई कार्यकर्ता पक्राउ


६ मंसिर २०७७, शनिबार
Biplab

ललितपुर, ६ मंसिर । ललितपुरको बागडोलबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । सरकारबाट प्रतिबन्धित विप्लव समूहका दुई जना कार्यकर्तालाई प्रहरी प्रधान कार्यालयले पक्राउ गरेको हो ।

दोलखा जिल्ला बिगु गाउँपालिका–३ घर भई हाल ललितपुर–४ बागडोल बस्ने ३९ वर्षीय संजीव नेपाली र दोलखा जिल्ला बैतेश्वर नगरपालिका–३ घर भई हाल बागडोल बस्ने ४१ वर्षीय प्रेमबहादुर दर्नाल शुक्रबार राति पक्राउ परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्ने दर्नाल विप्लव समूहको केन्द्रीय आर्थिक विभागको सदस्य र नेपाली सेक्रेटरी रहेको बताइएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आजदेखि विप्लव समूहले ३ दिनसम्म वर्षगाँठ मनाउँदैछ, मंसिर ६, ७ र ८ गते । वर्षगाँठमा विप्वल समूहको मुमेन्ट बढ्नसक्ने भन्दै उपत्यकामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७