भारतीय कमेडियन भारती सिंहको घरमा एनसीबीको छापा


६ मंसिर २०७७, शनिबार
bharti 0

नयाँदिल्ली, ६ मंसिर । भारतीय कमेडियन भारती सिंहको घरमा एनसीबीले छापा मारेको छ ।
ड्रग्स प्रकरणको अनुसन्धान गरिरहेको भारतको नारकोटिक्स कन्ट्रोल ब्युरोले कमेडियन सिंहको अन्धेरीस्थित घरमा छापा मारेको हो ।

एनसीबीले ड्रग्स प्रकरणमा धेरै स्टार कलाकारहरुलाई निशाना बनाएको छ । यस विषयमा थप विवरणहरू भने सार्वजनिक गरिएको छैन । हाल सालै अभिनेता अर्जुन रामपालको घरमा छापा मार्नुका साथै उनीसँग सोधपुछ गरेको थियो ।

भारती सिंहको भारतकी चर्चित हाँस्य कलाकार हुन। हाल उनी कपिल शर्मा शोको एक हिस्सा हुन् ।
भारतीको घरमा छापाको खबरले उनका प्रशंसकहरूलाई निराश बनाएको छ । यद्यपि यस विषयमा थप विवरण आउन बाँकी छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७