मालपोतका सुब्बा र सहयोगी तीन लाख २० हजार घुससहित पक्राउ


६ मंसिर २०७७, शनिबार

दाङ, ६ मंसिर । मालपोत कार्यालय दाङ तुलसीपुरका नायब सुब्बा र कार्यालय सहयोगी घुसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल अन्तर्गत सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले शुक्रबार कार्यालयको तामेली फाँटमा कार्यरत नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई कार्यालयबाटै सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

उनीहरुले नापी नभएको जग्गाको नापनक्सा बनाई पुर्जा बनाइदिने भन्दै घुस रकम मागेको गोप्य सूचनाको आधारमा गएको टोलीले ३ लाख २० हजार नगदसहित पक्राउ गरेको अख्तियारले जनाएको छ । पक्राउ परेकालाई नेपालगञ्ज कार्यालयमा राखेर अनुसन्धान गरिरहेको आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७