जिल्ला पुग्याे नेकपा विवाद : प्रधानमन्त्री ओली समर्थक कार्यकर्ताबाट नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार


६ मंसिर २०७७, शनिबार
surendra pandey UML leader

चितवन, ६ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रको विवादको असर जिल्लाहरुमा देखिन थालेको छ ।

पार्टीको केन्द्रमा देखिएको विवादका कारण नेकपा नेता सुरेन्द्र पाण्डेमाथि चितवनमा आफ्नै कार्यकर्ताबाट दुर्व्यवहार भएको छ ।

शनिबार बिहान नेकपा चितवन राप्ती नगर कमिटीको ‘बैठक तथा प्रशिक्षण’ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि दुव्र्यवहार गरेका छन् ।

नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा नेता पाण्डेले बोलिरहेका बेला कमिटीा बाहिरका १५–२० जनाको समूह बैठकस्थलमा प्रवेश गरी नारावाजी गर्दै पाण्डेलाई बोल्नबाट रोकेका छन् ।

नेकपाभित्र विवाद उत्कर्षमा पुगिरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने पाण्डेले प्रधानमन्त्री ओलीविरुद्ध गलत अभिव्यक्ति दिएको, गुटलाई पश्रय दिएको भन्दै उनीहरुले पाण्डेविरुद्ध प्रदर्शन गरेको बताएका थिए ।

उनीहरुले ‘गुटको भेला गर्न पाइँदैन’, ‘पार्टी एकता जिन्दावाद’, ‘राजनेता केपी ओली जिन्दावाद’ लगायतका नारा लगाउँदै बैठक तथा प्रशिक्षण कार्यक्रममा अवरोध गरेका छन् । कार्यक्रम चलिरहेकै बेला कमिटी बाहिरका केही मान्छे प्रवेश गरी हो–हल्लाका साथै नाराबाजी गर्न थालेपछि कार्यक्रम स्थगित गरिएको नगर कमिटी इञ्चार्ज मानबहादुर स्याङ्बोले जानकारी दिएका छन् ।

‘नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रम थियो, कार्यक्रममा कमिटीका सबै सहभागी हुनुहुन्थ्यो’, इञ्चार्ज स्याङ्बोले सुनाए’, ‘कार्यक्रममा माननीय सुुरेन्द्र पाण्डेले बोलिरहनु भएका बेला कमिटी साथीहरुको समूह प्रवेश गरेर हो–हल्ला र नारावाजी गर्न थालेपछि कार्यक्रम स्थागित गरियो’

उनले आफूहरुले गुटको भेला नभई पार्टी कमिटीको बैठक तथा प्रशिक्षण गरेको र उक्त कार्यक्रममा प्रधानमन्त्री ओली निकट स्थानीय नेताहरु पनि सहभागी रहेको जानकारी दिएका छन्।
उनले प्रशिक्षण कार्यक्रम जबरजस्ती प्रवेश गरेकाहरुलाई आफूहरुले सम्झाउने प्रयास गरेको भए पनि उनहरुले हो–हल्ला गर्न नछाडेको र अराजक रुपमा प्रस्तुत भएको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७