आज थपिएका १,६७४ कोरोना संक्रमितमध्ये कुन जिल्लाका कति ?


६ मंसिर २०७७, शनिबार
korona

काठमाडौं, ६ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १,६७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ संक्रमितको संख्या पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ५२ हजार ४३ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ८ हजार १४४ पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २४ हजार ९ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७५७ जना छन् ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३२३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको १ लाख ९३ हजार ३२५ संख्या पुगेको छ । त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या एक हजार ३०५ पुगेको छ ।

आज (शनिबार) कुन जिल्लामा कति संक्रमित थपिए ?
पछिल्लो २४ घण्टामा प्रदेश–१ को इलाममा ४, उदयपुरमा २, खोटाङमा १, झापामा ५७, धनकुटामा ७, भोजपुरमा १, सोलुखुम्बुमा १ र सुनसरीमा ५ जनामा कोरोना भेटिएको छ ।

प्रदेश–२ को धुनषामा ११, बारामा ५, महोत्तरीमा ३, सप्तरीमा २, सर्लाहीमा ४ र सिरहामा ७ जनामा कोरोना पाइएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ६८५ जनामा कोरोना पुष्टि भएको छ । काभ्रेमा ५६, चितवनमा ६१, दोलखामा ३, धादिङमा १८, नुवाकोटमा ८, भक्तपुरमा ४९, मकवानपुरमा २५, रामेछापमा ४, ललितपुरमा १ सय ६५, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ७५, गोरखामा ९, तनहुँमा ४४, नवलपरासी पूर्वमा २८, पर्वतमा ६, म्याग्दीमा ३, लमजुङमा ५, वागलुङमा ७ र स्याङजामा ७ जनामा कोरोना पुष्टि भएको छ ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ३३, गुल्मीमा ४, दाङमा १०, नलवपरासीमा ३३, पाल्पामा १९, प्यूठानमा ३, बर्दियामा १७, बाँकेमा ३९, रुकुम पूर्वमा १, रोल्पामा ७ र रुपन्देहीमा ५७ जनामा कोरोना पाइएको छ ।

कर्णाली प्रदेशको दैलेखमा ४, रुकुम पश्चिममा १, सल्यानमा ४ र सुर्खेतमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिमको अछाममा ३, कञ्चनपुरमा ३, कैलालीमा ४०, डडेल्धरामा ६, बझाङमा ६, बाजुरामा १ र बैतडीमा १ जनामा कोरोना भेटिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७