खनाल र नेपालले भने- पाण्डेमाथिको दुर्व्यवहार नैतिक मूल्य र आदर्श विपरित, कारबाही होस्


६ मंसिर २०७७, शनिबार
MK Nepal and JN Khanal
Top leaders and other political leader attending Inaugural program of CPN-UML General Convention at Bhrikutimandap in Kathmandu on Thursday, July 03, 2014. POST PHOTO/BHASWOR OJHA/KANTIPUR

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपालले नेता सुरेन्द्र पाण्डे माथिको दुव्र्यवहार कम्युनिष्ट पार्टीको नैतिक मूल्य, आचरण र आदर्श विपरित भएको भन्दै काबाही माग गरेका छन् । पूर्वअर्थमन्त्री एंव प्रतिनिधि सभा सदस्य तथा नेकपा स्थायी कमिटी सदस्य पाण्डेमाथि शनिबार चितवनमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली समूहका कार्यकर्ताहरुले दुव्र्यवहार गरेका थिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेताद्वयले शनिबार साँझ छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर वरिष्ठ नेताद्धयले नेता पाण्डेमाथि सुनियोजित रूपमा नाराबाजी र अभद्र व्यवहार भएको भन्दै बिरोध गरेका छन् । शनिबार नेकपा चितवन राप्ती नगर कमिटीको ‘बैठक तथा प्रशिक्षण’ कार्यक्रममा प्रधानमन्त्री ओली निकटकाहरूले पाण्डेमाथि दुव्र्यवहार गरेका थिए ।

साविकको युवा संघ चितवनका नेता केदार आचार्य र अनेरास्ववियुका नेता सुरज थपलियाको नेतृत्वका आएका समूहले पाण्डे विरुद्ध नाराबाजी गरेका थिए । थपलिया प्रदेश कृषि मन्त्री धावा लामाको ज्वाइँ तथा स्वकिय हुन्। उनी प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार जगन्नाथ थपलियाको छोरा समेत हुन् ।

वरिष्ठ नेता खनालले नेता पाण्डेमाथि भएको दुव्र्यवहारको निन्दा एवं भत्र्सना गर्दै सम्लग्न व्यक्तिलाई कडाभन्दा कडा कारवाहीको माग गरेका छन् । भनेका छन्, ‘कम्युनिष्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षण समेत गराउँदछु ।’

यसैगरी वरिष्ठ नेता नेपालले यस्तो कार्य जो सुकैले गरेको भए पनि लोकतान्त्रिक कम्युनिस्ट पार्टीका लागि पटक्कै नसुहाउने कार्य भएको बताएका छन् । उनले भनेका छन्, सभ्य, सुसंस्कृत एंव समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्नेर गराउने जो सुकै भएपनि छानविन गरी कडा कार्बाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गंभीर ध्यानाकर्षण गराउँदछु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७